कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एमाले कार्यदल बैठक स्थगित, निष्कर्षमा पुर्‍याउने गरी सात बजे फेरि बस्ने 

काठमाडौँ — एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक स्थगित भएको छ । दिँउसो साढे १२ बजे अर्थ मन्त्रालयमा बोलाइएको बैठक साँझ ७ बजे बस्ने गरी स्थगित गरिएको अध्यक्ष केपी शर्मा ओली पक्षका संयोजक सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

एमाले कार्यदल बैठक स्थगित, निष्कर्षमा पुर्‍याउने गरी सात बजे फेरि बस्ने 

बिहीबार दिउँसो तय भएको बैठक विवाद निष्कर्षमा पुर्‍याउनका लागि गृहकार्य गर्ने उद्देश्यले स्थगित गरिएको नेम्वाङले जानकारी दिए । उनले भने, 'कार्यदलको अहिलेको बैठक सात बजेसम्म स्थगित गरिएको छ । सकभर आज निष्कर्षमा पुर्‍याउने तयारी छ ।'

एमाले पार्टी एकताबद्ध रहेको तयारीसहित घोषणा गर्न लागेको नेम्वाङको दाबी थियो । त्यसका लागि नेताहरूबीच निरन्तर छलफल जारी रहेको उनले बताए । विवादलाई सहमतिको निष्कर्षमा पुर्‍याउनका लागि संवाद जारी रहेको र दिनभर नेताहरूबीच विवादबारे छलफल गरेर साँझ ७ बजे बस्ने नेम्वाङले बताए ।

छलफल सकारात्मक भइरहेको नेम्पाङले बताए । उनले वार्ता सकारात्मक भएकाले नै छलफलमा बसिरहेको बताए । '७ बजे टुंग्याउने गरेर बस्छौं । जे भइरहेको छ ठीक भइरहेको छ । यसलाई निष्कर्षयमा पुर्‍याउने तयारीमा रहेका छौं,' उनले भने ।

एमाले विवाद चलिरहेका बेला लामो समयपछि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार भेटवार्ता भएको थियो । भेटका क्रममा दुवैले आ-आफ्नो अडान राखेका थिए । यसबीच एमालेको विवाद समाधान कार्यदल क्रियाशील रहेको थियो । यो कार्यदल विवाद समाधाननजिक पुगेको दाबी गरिएको छ ।

कार्यदलमा भीम रावल, घनश्याम भुसाल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, गोकर्ण विष्ट र प्रदीप ज्ञवाली रहेका छन् ।

प्रकाशित : असार २४, २०७८ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?