३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

कोरोना अपडेट : २४ घण्टामा २ हजार ७७ संक्रमित, १ हजार ३३३ निको, थप २८ को मृत्यु 

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ७७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ८३५ पीसीआर परीक्षणमा बुधबार थप २ हजार ७७ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ५० हजार १६२ पुगेको छ ।

कोरोना अपडेट : २४ घण्टामा २ हजार ७७ संक्रमित, १ हजार ३३३ निको, थप २८ को मृत्यु 

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ६३ परीक्षणबाट ९०२ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको ११ हजार ८९८ परीक्षणमा २ हजार ९७९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ३३३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख १४ हजार ३२७ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २९१ पुगेको छ ।

हालसम्म देशभर ३३ लाख ९१ हजार ३७९ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ३२३ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या २६ हजार ५४४ रहेको छ ।

यसैबीच काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५४३ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौं ३९०, ललितपुर ८७ र भक्तपुरमा ६७ जनामा संक्रमण देखिएका हुन् ।


प्रकाशित : असार २३, २०७८ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?