१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

खेलमा सट्टाबाजी गर्ने ८ पक्राउ

काठमाडौँ — युरोप र अमेरिकामा सञ्चालन भइरहेको युरोकप–२०२० र कोपा अमेरिका फुटबल खेलमा अनलाइनमार्फत सट्टाबाजी गर्ने ८ जनालाई ३४ लाख ६५ हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।

खेलमा सट्टाबाजी गर्ने ८ पक्राउ

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौं–४ सुकेधाराका ५७ वर्षीय राजेन्द्र श्रेष्ठ प्रधान, काठमाडौं–१९ ढोकाटोलका ४७ वर्षीय जीवन लामा, पर्सा वीरगन्ज–७ घर भई कुलेश्वर बस्ने ४६ वर्षीय सुरज टिवडेवाल, चितवन खैरहनी–५ टरौली घर भई धापासी बस्ने ४५ वर्षीय गोविन्दप्रसाद आचार्य, मोरङ विराटनगर–७ घर भई मरुटोल बस्ने ४६ अमरनाथ गुप्ता छन् ।

त्यसैगरी, भारत बिहार पूर्वीचम्पारण जिल्ला रक्सौल घर भई कुलेश्वर बस्ने ४६ अशोककुमार गुप्ता, भारत हरियाना विवरनी जिल्ला घर भई इन्द्रचोक बस्ने ४९ वर्षीय राजेशकुमार अग्रवाल र भारत राजस्थान झुनझुन जिल्ला सुरजगढ घर भई क्षेत्रपाटी बस्ने ३३ वर्षीय सूचीत डालमिया अग्रवाल छन् । बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी ठूलो रकमको बाजी राख्न लगाई काठमाडौंका विभिन्न स्थानमा सट्टाबाजी गराई खेल खेलाउने गरेको सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले सोमबार उनीहरूलाई पक्राउ गरेको हो ।

काठमाडौंको इन्द्रचोक, मरुटोल, न्युरोड, क्षेत्रपाटी, गौरीघाटलगायतका विभिन्न स्थानबाट ‘अनलाइन बेटिङ’ गरी नगदी कारोबारसमेत गरिरहेको अवस्थामा नगद र सट्टाबाजीमा प्रयोग भएको मोबाइलसहित उनीहरूलाई पक्राउ गरेको महाशाखाले जनाएको छ ।

प्रक्राउ परेका व्यक्तिहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उप दफा ४ बमोजिम कसुरमा सजाय हुने गरी आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको जनाएको छ । साथै विभिन्न स्थानबाट सट्टाबाजीमा प्रयोग भएको पैसा आईएमईमार्फत पठाइने र लिने गरी कारोबार गर्ने गरेको भन्ने प्रारम्भिक अनुसन्धानमा खुलेको जनाएको छ ।

प्रकाशित : असार २२, २०७८ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?