१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

चिनियाँ राष्ट्रपति सीले नेपालसहित दक्षिण एसियाका शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौँ — चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) एक सय वर्ष पुगेको उपलक्ष्यमा राष्ट्रपति तथा पार्टी महासचिव सी चिनफिङले दक्षिण एसियाली मुलुकका शीर्ष नेताहरुसँग मंगलबार बेलुकी भर्चुअल अन्तरक्रिया गर्दैछन् ।

चिनियाँ राष्ट्रपति सीले नेपालसहित दक्षिण एसियाका शीर्ष नेताहरुसँग छलफल गर्दै

उक्त अन्तरक्रियाको मुख्य वक्ता सी रहनेछन् भने नेपालसहित दक्षिण एसियाका शीर्ष नेताहरुले पनि आ–आफ्ना धारणा राख्ने छन् ।

नेपालबाट प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पनि उक्त कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भइसकेको छ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार उक्त कार्यक्रममा ओलीले सहभागिता जनाउनेछन् ।

यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराईलगायतका नेताहरुले पनि उक्त भर्चुअल बैठकमा सहभागिता जनाउनेछन् र आ–आफ्ना धारणा राख्ने छन् ।

चीनले आफ्नो चिनियाँ कम्युनिस्ट पार्टी गठन भएर एक सय वर्ष पुगेको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु मनाइरहेको छ । त्यसैअन्तर्गत यो पनि एउटा छलफल हो । उक्त कार्यक्रममा नेपालसहित दक्षिण एसियाका नेताहरुले सीपीसीलाई शुभकामना दिने कार्यक्रम रहेको छ ।

प्रकाशित : असार २१, २०७८ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?