कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जातीय विभेद आरोपमा कारबाही माग गर्दै शिक्षामन्त्री श्रेष्ठविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ — जातीय भेदभाव तथा छुवाछुत कसुर आरोपमा कारबाहीको माग गर्दै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

जातीय विभेद आरोपमा कारबाही माग गर्दै शिक्षामन्त्री श्रेष्ठविरुद्ध सर्वोच्चमा रिट

तनहुँकी रुपा सुनारले आइतबार शिक्षामन्त्री श्रेष्ठविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएकी हुन् ।

रिटमा शिक्षामन्त्री श्रेष्ठसहित जिल्ला सरकारी वकिलको कार्यालय बबहरमहल, महानगरीय प्रहरी वृत सि‌ंहदरबार र सरस्वती प्रधानलाई विपक्षी बनाइएको छ ।

थरको कारण देखाउँदै बबरमहलकी घरबेटी सरस्वती प्रधानले सुनारलाई कोठा नदिएपछि उनले प्रहरीमा जाहेरी दिएकी थिइन् । पक्राउ परेकी घरबेटी प्रधानलाई छुटाउन शिक्षामन्त्री श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए ।

शिक्षामन्त्री श्रेष्ठले प्रधानलाई झन्डावाला गाडीवाला गाडीमा हालेर घरसम्म पुर्‍याएको भन्दै रुपाले सर्वोच्चमा रिट दायर गरेकी हुन् ।

प्रकाशित : असार २०, २०७८ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?