कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

संघीयताको समीक्षा र धर्मनिरपेक्ष राज्यबारे बहस गरौं: महेश बस्‍नेत

काठमाडौँ — नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा संघीयताको समीक्षा गरिनुपर्ने प्रस्ताव पेस भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा केन्द्रीय सदस्य महेश बस्नेतले संघीयता र धर्मनिरपेक्षता बारे बहस हुनुपर्ने बताएका हुन् ।

संघीयताको समीक्षा र धर्मनिरपेक्ष राज्यबारे बहस गरौं: महेश बस्‍नेत

बैठकमा बस्नेतले ८ वटा प्रस्ताव प्रवेश गराएका थिए । उनका अनुसार संघियताको समिक्षा, धर्म निरपक्षताबारे बहस, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, मुलुकको विशिष्ट पहिचान घोषणा गर्ने प्रस्ताव उनले पेश गरेका छन् ।

साथै, दुई कार्याकाल भन्दा बढी प्रधानमन्त्री नबनाउने संवैधानिक व्यवस्था, पार्टी अध्यक्ष २ कार्यकाल र पदाधिकारी ३ कार्यकाल भन्दा बस्न नपाउने व्यवस्था गर्नुपर्ने पनि उनको प्रस्ताव छ ।

बस्नेतले पार्टी र राज्यका राजकीय र शासकीय स्थानमा ४० प्रतिशत युवाहरुको सुनिश्चिता गर्नुपर्ने साथै पार्टी महाधिवेशनको राजनीतिक प्रतिवेदन, विधान, चुनावको घोषणा पत्रमा यो विषय सम्बोधन गर्न यो बैठकबाट कार्यदल बनाउने प्रस्ताव पनि गरेका छन् ।

बस्नेत प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली निकटका नेता हुन् ।

प्रकाशित : असार १९, २०७८ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?