शुक्रबार बस्‍ने एमाले केन्द्रीय कमिटी बैठकमा खनाल–नेपाल पक्ष सहभागी नहुने

काठमाडौँ — नेकपा एमालेले शुक्रबार बोलाएको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालपक्ष सहभागी नहुने भएको छ । खनाल–नेपालसमूहको बिहीबार बुद्धनगरमा बसेको स्थायी कमिटी सदस्यको बैठकले केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।

शुक्रबार बस्‍ने एमाले केन्द्रीय कमिटी बैठकमा खनाल–नेपाल पक्ष सहभागी नहुने

‘आपसी सहमतिको आधारमा नबोलाइको हुँदा शुक्रबारको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय भयो,’ स्थायी कमिटी सदस्य रघुजी पन्तले भने ।

यद्यपी बुधबार साँझ संस्थापन पक्षसँग अनौपचारिक वार्तामा बसेका खनाल–नेपालसमूहका नेताहरुले शुक्रबारको बैठक स्थगित गरेर एकताका लागि सहमति खोज्ने प्रस्ताव गरेका थिए । सोही प्रस्तावमाथि छलफल गर्न बिहीबार साँझ पुनः वार्तामा जुटेका छन् ।

एमालेको संस्थापन पक्षले बुधबार दशौं महाधिवेशन आयोजक कमिटी भंग गरेर ०७५ जेठ ३ पूर्वको केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो । खनाल–नेपालपक्ष भने जेठ २ मा कायम नवौं महाधिवेशन आयोजक कमिटीबाट निर्वाचित कमिटीबाट पार्टी सञ्चालन हुनुपर्ने अडान राख्दै आएको छ ।

प्रकाशित : असार १७, २०७८ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?