राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने युवाहरु पुर्पक्षका लागि कारागार चलान

ज्योति कटुवाल

सुर्खेत — राउटे युवतीमाथि यौन दुर्व्यहार गर्ने तीन जना युवालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत सुर्खेतले गुर्भाकोट नगरपालिकाका चौमनबहादुर घर्ती, भूपेन्द्र बुढामगर र होटल सञ्चालक मनबहादुर पुनलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने युवाहरु पुर्पक्षका लागि कारागार चलान

अदालका न्यायाधीश दिलप्रसाद सापकोटाको एकल इजलासले बुधबार कारागार चलान गर्न आदेश दिएका हुन् । राउटे समुदायका १९ र २३ वर्षीया युवतीलाई होटलमा लगेर मदिरा सेवन गराएर उनीहरुलाई यौन दुर्व्यवहार गरेपछि उनीहरुविरूद्ध मानव ओसारपसार, यौन दुर्व्यवहार र जबरजस्ती करणाीको मुद्दा दर्ता भएको थियो ।

युवतीलाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि तीनै जनालाई प्रहरीले प्रकाउ गरेको थियो ।

प्रकाशित : असार १६, २०७८ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?