कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

हामी ओली प्रवृत्तिको विरुद्धमा जुधिरहेका छौं : नेता नेपाल

‘देश, लोकतन्त्र, संविधान, गणतन्त्र र व्यवस्था ठूलो संकटमा छ’

काठमाडौँ — नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले देशको संविधान, लोकतन्त्र र गणतन्त्र संकटमा परेको बताएका छन् । संसद् भवन नयाँ बानेश्वरमा बुधबार आयोजित नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीहरूसँगको अन्तरक्रियामा नेता नेपालले यो संकटलाई सबै मिलेर पार लगाउनु पर्ने बताए ।

हामी ओली प्रवृत्तिको विरुद्धमा जुधिरहेका छौं : नेता नेपाल

‘हाम्रो देश, लोकतन्त्र, संविधान, गणतन्त्र र परिवर्तन ठूलो संकटमा छ । यो संकटलाई कसरी पार लगाउने ? हामी गम्भीर हुनुपर्छ,’ नेपालले भने, ‘देखिरहेका छौं, सिंगो देश, व्यवस्था नै खतरातर्फ उन्मुख भइरहेको छ । कतिपय अभिव्यक्ति, गतिविधि हेर्दा त्यसले राम्रो संकेत दिइरहेको छैन ।’

नेता नेपालले सबै मिलेर देशलाई जोगाउनु पर्ने बताए । ‘अहिले देशलाई जोगाउनु पर्छ,’ उनले भने, ‘खतरा उन्मुख छ, यसबाट जोगाउनै पर्छ । देश जोगाउने अभिभारा तपाईंहरुको हो, हाम्रो हो ।’

अहिले ओलीप्रवृत्तिविरुद्ध जुधिरहेको भन्दै नेपालले अगामी दिनमा यस्ता प्रवृत्तिको पुनरावृत्ति हुन नहुने बताए । तर, आफूहरु ओेली जस्तै नभएको नेपालको दाबी छ । ‘हामी ओलीप्रवृत्तिको विरुद्धमा जुधिरहेका छौं । यो व्यक्तिविरुद्धको लडाइँ हैन, प्रवृत्तिविरुद्ध हो । अब ओलीप्रवृत्तिको पुनरावृत्ति नहोस् । यस्ता पात्र नेपालको इतिहासमा ००७ साल भन्दा पहिला थिए होला, ००७ सालभन्दा पछि थिएन,’ नेपालले भने ।

प्रकाशित : असार १६, २०७८ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?