कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

प्रधानमन्त्रीको प्रस्ताव आइसक्यो तर म धोका दिने मान्छे हैन : माधव नेपाल

काठमाडौँ — नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुले सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नलिने बताएका छन् । 

प्रधानमन्त्रीको प्रस्ताव आइसक्यो तर म धोका दिने मान्छे हैन : माधव नेपाल

संसद् भवन नयाँ बानेश्वरमा शनिबार आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा नेता नेपालले प्रधानमन्त्रीको प्रस्ताव आए पनि आफूले गठबन्धनलाई धोका नदिने प्रस्ट पारेका हुन् । ‘माधव नेपाललाई प्रधानमन्त्रीको अफर आइसक्यो । तर म धोका दिने मान्छे हैन । हस्ताक्षर फिर्ता हुँदैन,’ उनले भने ।

आफूहरु एमालेको विद्रोही पक्ष भएको भन्दै नेपालले अहिलेको लडाइँ केपी ओली प्रवृत्तिविरुद्ध भएको उनको भनाइ छ ।

प्रकाशित : असार १२, २०७८ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?