पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरु पक्राउ

तस्बिर : इलिट जोशी

काठमाडौँ — सिंहदरबार घेराउ गर्न गएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत इन्जिनियरहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरु पक्राउ


राष्ट्रिय पुनर्निर्माण प्राधिकरण: प्राविधिक राष्ट्रिय हकहित संरक्षणमा रहेका इन्जिनियरहरु सिंहदरबार घेराउ गर्न हनुमानस्थान र माइतीघरबाट अगाडि सहरी विकास तथा भवन निर्माण विभाग अगाडिबाट पक्राउ परेका हुन् ।

सरकारले प्रत्येक वर्ष दिने भनिएको अतिरिक्त सुविधाहरुबाट पूर्ण वञ्चित गराइएको भन्दै इन्जिनियरहरु आन्दोलित हुँदै आएका छन् ।

२०७२ साल वैशाख १२ गतेको भूकम्प र त्यसपछिको पराकम्पनले देश र देशवासी संकट परेको बेला सरकारको आह्वानमा राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गत रही नेपालको पुनर्निर्माणलाई अगाडि बढाएको इन्जिनियरहरुको दाबी छ ।

देश र जनताका हितका लागि इन्जिनियरिङ जनशक्तिको सिप र दक्षता खेर जान नदिन र विदेसिन बाध्य नपार्न उचित व्यवस्थापन गर्न सरकारलाई दबाब दिन आन्दोलनमा उत्रनु परेको बताएका छन् ।

भूकम्प पछिको पुनर्निमाणको काम बाँकी रहेको बेला हटाएर बेरोजगार बनाउन खोजेको भन्दै बाध्य भएर आन्दोलन गर्नुपरेको इन्जिनियरहरुले बताएका छन् ।

प्रकाशित : असार ११, २०७८ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?