कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

यौनसम्पर्क अस्वीकार गर्दा हत्या

काठमाडौँ — यौनसम्पर्क अस्वीकार गर्दा कालोपुलकी सन्तोषी सुब्बाको हत्या भएको खुलेको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ घर भई दक्षिणकाली बस्दै आएका सुरेश तिमल्सिनाले हत्या गरेको अनुसन्धानबाट खुलेको हो ।

आरोपित तिमल्सिनाले प्रहरीलाई दिएको बयानमा आफू रक्सीको नशामा रहेको र यौनसम्पर्क गर्न नमानेपछि सलले बेरेर हत्या गरेको स्विकारेका छन् । उनलाई महानगरीय अपराध महाशाखाले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

काभ्रेका धर्मबहादुर तामाङसँग करिब १८ वर्षदेखि धर्मछोरीका रूपमा बस्दै आएकी सुब्बा असार ३ गते कालोपुलस्थित कोठाबाट निस्केकी थिइन् । त्यस दिन कीर्तिपुरमा बस्छु भनेर सुब्बाले बाबुलाई बताएकी थिइन् । पशुपन्छीको आवाज दुरुस्त नक्कल गर्ने क्षमता भएका कारण उनी चर्चित थिइन् । कीर्तिपुरबाट असार ४ गते उनी दक्षिणकाली गएकी थिइन् । तर, त्यसबारे बाबुलाई उनले खबर गरिनन् । ५ गते सुब्बालाई स्थानीयले बजार आसपास हिँडेको देखेको बताएका थिए । ६ गते एउटा होटलमा रक्सी पिएर बसेका तिमल्सिनासँग सुब्बाको भेट भयो । तिमल्सिना सार्वजनिक यातायातका सहचालक हुन् ।

‘म भोकै छु, केही खानेकुरा दिनुस् न भनेर उनी म भएको ठाउँमा आइन्, मैले रक्सी पिएँ, उनले चिया–खाजा खाइन्,’ आरोपित तिमल्सिनाले प्रहरीसमक्ष भनेका छन्, ‘त्यस क्रममा चराचुरुंगी र पशुको आवाज पनि उनले सुनाइन्, साँझपख एकान्तमा गएर शारीरिक सम्पर्क गर्न मैले कर गरेँ, त्यसपछि दक्षिणकाली मन्दिरनजिकै पिकनिक स्थल छेउको एक शौचालयमा यौनसम्पर्क गर्न खोजेपछि उनले नमान्दा हत्या गरेँ ।’

प्रकाशित : असार ११, २०७८ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?