१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

राष्ट्रिय सभाको अधिवेशन आह्वान

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले असार १७ गते ४ बजे बस्ने गरी राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन् । 

राष्ट्रिय सभाको अधिवेशन आह्वान

मन्त्रिपरिषद्को बिहीबारको बैठकले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

सोही सिफारिसका आधारमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले जानकारी दिए । 'सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/३/१० को सिफारिसमा सम्वत् २०७८ साल असार १७ गते बिहीबारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ,' भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा भने जेठ ८ गते विघटन गरिएको थियो । उक्त विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

राष्ट्रिय सभाको अधिवेशन यसअघि २०७७ पुस महिनामा बसेको थियो । त्यतिबेला ३ बैठक मात्रै बसेर राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएको थियो ।

संसद्को अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित : असार १०, २०७८ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?