कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त, लोकसेवा अध्यक्षमा रेग्मी

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायमा रिक्त २० जना पदाधिकारीहरु नियुक्त गरेकी छन् । संवैधानिक परिषद्को सिफारिसमा पदाधिकारीहरु नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त, लोकसेवा अध्यक्षमा रेग्मी

लोकसेवा आयोगमा माधव प्रसाद रेग्मीलाई नियुक्त भएका छन् । संवैधानिक परिषद्को सिफारिसमा संविधानको धारा २४२ को उपधारा (२) बमोजिम रेग्मीसहित लोकसेवा आयोगमा ५ जना पदाधिकारीहरु नियुक्त भएका छन् । आयोगको सदस्यहरुमा माधव बेल्वासे, वीरबहादुर राई, दिनेश सिलवाल र मञ्जु कुमारी नियुक्त भएका हुन् ।

संविधानको धारा २३८को उपधार २ बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा हरि पौडेल र सुमित्रा श्रेष्ठ (ब्यान्जू)लाई नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ

निर्वाचन आयोगको निर्वाचन आयुक्तमा सगुन शमशरे जबरा नियुक्त भएका छन् । राष्ट्रिय समावेशी आयोगममा डा रामकृष्ण तिमल्सेना नियुक्त भएका छन् ।

यी हुन् नियुक्त भएकाहरु :



प्रकाशित : असार १०, २०७८ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?