३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

समसामयिक राजनीतिक घटनाक्रमबारे छलफलमा पाँच दलीय गठबन्धन

तस्बिर : अंगद ढकाल

काठमाडौँ — पाँच दलीय गठबन्धनका शीर्ष नेताहरू बिहीबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग छलफल गरेका छन् ।

समसामयिक राजनीतिक घटनाक्रमबारे छलफलमा पाँच दलीय गठबन्धन

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका शीर्ष नेताहरू समसामयिक राजनीतिक विषयमा केन्द्रित भएर छलफलमा जुटेका हुन् ।


छलफलका क्रममा उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक कदम र राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाका बारेमा छलफल गरेका छन् ।





प्रकाशित : असार १०, २०७८ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?