खोप सहयोग र महामारीपछि पुनरुत्थानमा प्राथमिकता दिन जोड

काठमाडौँ — उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल जस्ता मुलुकहरुमा खोप सहयोग र महामारीपछि पुनर्उत्थानमा प्राथमिकता दिनु पर्ने बताएका छन् । उनले अल्पविकसित मुलुकहरु र गरिब वर्गका समाजलाई कोरोना भाइरसले बढी प्रभाव पारेको उल्लेख गर्दै ती मुलुकहरुलाई खोप सहकार्य र महामारीपछि पुनर्उत्थानमा प्राथमिकता दिन जोड दिएका हुन् ।

खोप सहयोग र महामारीपछि पुनरुत्थानमा प्राथमिकता दिन जोड

वेल्ट एन्ड रोड कोअपरेसनको एसिया र प्रशान्त उच्चस्तरीय सम्मेलनमा भर्चुअल माध्यमबाट पौडेलको नेतृत्वमा रहेको नेपाली प्रतिनिधि मण्डलले बुधबार सहभागिता जनाएको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार चीनको नेतृत्वमा भएको उक्त सम्मेलनको मुख्य एजेन्डा ‘दिगो पुनर्उत्थानको लागि महामारीविरुद्ध जुध्न सहकार्यलाई जोड दिने’ विषयमा छलफल भएको थियो ।

चीनका विदेशमन्त्री वाङ यीले नेतृत्व गरेको उक्त सम्मेलनमा दक्षिण एसिया, दक्षिण पूर्वीएसिया, आसियन, मध्य एसिया, पश्चिम एसिया र ल्याटिन अमेरिकाका बीआरआई (बेल्ट एन्ड रोड इनिसियटिभ)का सहयात्री मुलुकहरु थिए । साथमा अन्तर्राष्ट्रिय संगठनको पनि सहभागिता रहेको थियो ।

उक्त सम्मेलनले बेल्ट एन्ड रोड सहकार्यको दुई कुरालाई पहल गरेको थियो । पहिलो कुरा कोरोना भाइरसको खोप रहेको र दोस्रो कुरा ग्रिन डेभलपमेन्ट भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित : असार १०, २०७८ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?