कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

राष्ट्रपतिमा जसरी पनि ओलीलाई नै प्रधानमन्त्री बनाउने मनोविज्ञान देखियो : अधिवक्ता बन्दी

काठमाडौँ — प्रधानमन्त्रीमा जसरी पनि केपी शर्मा ओलीलाई नै नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले भूमिका खेलेको अधिवक्ता गोविन्द बन्दीले बताएका छन् । 

राष्ट्रपतिमा जसरी पनि ओलीलाई नै प्रधानमन्त्री बनाउने मनोविज्ञान देखियो : अधिवक्ता बन्दी

१ सय ४९ सांसदले हस्ताक्षर लिएर प्रधानमन्त्रीमा शेरबहादुर देउवाको नाम प्रस्ताव गर्दा पनि राष्ट्रपतिले नियुक्त नगरेको उनको भनाइ छ ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा बुधबार बन्दीले संवैधानिक इजलासमा राष्ट्रपतिको मनोविज्ञान सरकार गठनका सबै व्यवस्थाअनुसार ओलीलाई मात्रै प्रधानमन्त्री नियुक्त गर्ने रहेको बताए । 'राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (१), धारा ७६ (२), धारा ७६ (३) र धारा ७६ (५) बमोजिमको प्रधानमन्त्री केपी ओली नै बन्नुपर्छ भन्ने मनोविज्ञानबाट काम गरेको देखियो,' बन्दीले भने ।

संविधानबमोजिम नियुक्त राष्ट्रपतिलाई संविधानले दिएभन्दा बढी प्रयोग गर्ने अधिकार नरहेको पनि बन्दीको भनाइ थियो ।

सर्वोच्च अदालतले प्रधानमन्त्रीमा ओलीले फेरि दाबी गर्ने अधिकार राख्छन् कि राख्दैनन् भन्ने कुराको निर्क्योल गर्नुपर्ने, प्रतिनिधिसभाको विश्वास गुमाएको प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्छ कि सक्दैन भन्नेलगायत प्रश्नको निरूपण गर्नुपर्ने बन्दीको माग थियो ।

सम्बन्धित समाचार

प्रकाशित : असार ९, २०७८ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?