२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

प्रधानन्यायाधीशको प्रश्न- संविधानको धारा ७६ (४) को प्रक्रिया पूरा नभई ७६ (५) सुरु हुन्छ भन्ने व्यवस्था छ ?

जयसिंह महरा

काठमाडौँ — संविधानको धारा ७६ (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले ७६ (४) बमोजिम विश्वासको मत नलिई उक्त धाराको उपधारा ५ बमोजिमको प्रक्रिया सुरु हुने व्यवस्था छ कि छैन भनेर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रश्न गरेका छन् । 

प्रधानन्यायाधीशको प्रश्न- संविधानको धारा ७६ (४) को प्रक्रिया पूरा नभई ७६ (५) सुरु हुन्छ भन्ने व्यवस्था छ ?

शेरबहादुर देउवासहित १ सय ४६ सांसदको निवेदनको पक्षमा बहसमा आएका अधिवक्ता गोविन्द बन्दीलाई प्रधानन्यायाधीशले उक्त प्रश्न सोधेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ (३) को व्यवस्थाअनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त भएपछि उपधारा ४ बमोजिम विश्वासको मत नलिई मार्ग प्रशस्त गरेका थिए । प्रधानमन्त्री ओलीले उक्त व्यवस्था उल्लंघन गरेको बन्दीको तर्क थियो ।

संविधानको उक्त व्यवस्था उल्लंघन गरेर नयाँ प्रधानमन्त्री नियुक्तिका लागि आह्वान गरिएको थियो । तर देउवालगायतका सांसदले त्यो कार्य बदरको माग गरेका छैनन् ।



प्रधानन्यायाधीश जबराले निवेदकहरूले संविधानको धारा ७६ (३) को सरकारले ७६ (४) को प्रावधानको उल्लंघन गरेको छ भन्ने लेखेको छ नि ? भनेर सोधेका थिए । उक्त प्रश्नको जवाफमा बन्दीले भनेका थिए, 'हामीले त्यो निर्णयको बदर माग गरेको होइन । उल्लंघन गरेको छ मात्रै भनेको हो ।'

प्रधानन्यायाधीशले फेरि प्रश्न गरे, 'संविधानको धारा ७६ (४) को प्रक्रिया सुरु नभई ७६ (५) को प्रक्रिया सुरु हुन्छ भन्ने व्यवस्था छ ?'

जवाफमा अधिवक्ता बन्दीले प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न नसक्ने भनेर मार्ग प्रशस्त गरेको जनाएपछि प्रतिनिधिसभामा बहुमत छैन भन्ने स्वीकार गरिएको अवस्था रहेको बताए ।

सम्बन्धित समाचारः

प्रकाशित : असार ९, २०७८ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?