१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सर्वोच्चको आदेशपछि भट्टराईको प्रतिक्रिया- बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड

काठमाडौँ — नेकपा (एमाले)का नेता योगेश भट्टराईले मन्त्रिपरिषद् विस्तार बदर गर्ने सर्वोच्च अदालतको मंगलबारको अन्तरिम आदेशलाई पार्टी एकताका रूपमा बुझ्नुपर्ने प्रतिक्रिया दिएका छन् ।

सर्वोच्चको आदेशपछि भट्टराईको प्रतिक्रिया- बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले जेठ २१ र जेठ २७ गते भएको मन्त्रिपरिषद् विस्तारको निर्णय संविधान अनुकूल नभएको भन्दै त्यसरी नियुक्त भएका मन्त्रीहरूलाई काम गर्न नदिन अन्तरिम आदेश दिएको थियो ।

उक्त आदेशपछि माधवकुमार नेपाल पक्षका नेता भट्टराईले एमालेले पाठ सिक्नुपर्ने प्रतिक्रिया दिएका हुन् । उक्त आदेशले पार्टी एकतामा बल पुगेको रूपमा बुझ्नुपर्ने पनि उनको भनाइ छ ।

सामाजिक सञ्‍जाल फेसबुकमार्फत भट्टराईले अदालतका पछिल्ला आदेशले एमालेको एकताको अपरिहार्यतालाई जोड गरेको बताएका हुन् । उनले लेखेका छन्, 'अदालतका पछिल्ला फैसलाले नेकपा (एमाले)को एकताको अपरिहार्यतालाई नै जोड गरेजस्तो लाग्छ मलाई त । एकताको पक्षमा उत्प्रेरणा नै मान्नु पर्छ । बुझ्नु पर्नेहरूलाई यो एउटा पाठ हो । भन्छन् नि बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड ।'

एमालेभित्रको विवादले पार्टी विभाजनतर्फ उन्मुख भएको छ । भट्टराई लगायत नेताहरू पार्टी एकता जोगाएर राख्नुपर्ने भन्दै जोड गरिरहेका छन् । एमालेलाई २०७५ जेठ २ गतेको अवस्थाबाट अगाडि बढाउनुपर्ने नेता नेपाल पक्षको माग भए पनि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली त्यसका लागि तयार नभएको उनीहरूको भनाइ छ ।

प्रकाशित : असार ८, २०७८ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?