कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

नेपालमा डेल्टा भेरियन्टको परिवर्तित रुप फेला

रासस

काठमाडौँ — नेपालमा कोभिड–१९ संक्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतको नयाँ दिल्लीमा अनुवांशिक (जिन सिक्वयन्सिङ) गर्दा डेल्टा भेरियन्टको नयाँ रुप नौ वटा नमुनामा फेला परेको जनाएको छ ।

नेपालमा डेल्टा भेरियन्टको परिवर्तित रुप फेला

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नमुना परीक्षणमा अणुवांशिक पहिचान गर्दा ४७ डेल्टा भेरियन्ट पुष्टि भएकामध्ये नौ वटामा थप उत्परिवर्तन रुप के ४१७एन म्युटेसन देखिएको बताए । यसलाई एवाई.१ नाम दिइएको छ ।

उनका अनुसार यो नेपालसहित विभिन्न १० देशमा देखिएको छ । मन्त्रालयले गत वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न स्थानका विभिन्न उमेर समूहका व्यक्तिबाट पिसीआर नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले छनोट गरी परीक्षणका लागि भारत पठाएको थियो ।

नेपालमा अहिलेसम्म अल्फा बी.१.१.७ र डेल्टा बी.१.६१७.२ तथा कप्पा बी.१.६१७.१ भेरियन्ट पुष्टि भएको छ । डेल्टाको उत्परिवर्तन भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर गर्ने मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए । उनले यसअघि पनि नेपालमा देखिएको यो डेल्टा भेरियन्टको नयाँ रुप मात्र रहेको बताए । 'यो नयाँ देखिएको भेरियन्ट होइन', उनले भने, 'यसअघि पनि देखिएको छ, तर यो अन्यभन्दा बढी सङ्क्रामक रहेको छ ।'

मन्त्रालयले डेल्टा भेरियन्टको नयाँ रुपको संक्रमण रोक्नका लागि सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्ड पालना गर्नका लागि अपिल गरेको छ ।

प्रकाशित : असार ७, २०७८ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?