गण्डकीका मुख्यमन्त्री नेपालीले आज विश्वासको मत लिँदै

पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन् । उनी एक स्वतन्त्र सांसद र चार दलको गठबन्धनबाट जेठ २९ मा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

गण्डकीका मुख्यमन्त्री नेपालीले आज विश्वासको मत लिँदै

यसरी बन्ने मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । जेठ २७ मा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा पोखरेल मुख्यमन्त्री भएका थिए ।

शुक्रबार बिहान ११ बजे प्रदेशसभा बैठकमा उनले विश्वासको मत पाउँm भन्दै प्रस्ताव राख्नेछन । गठबन्धनको सरकार भएकाले उनीसँगै नियुक्त चार मन्त्रीको जिम्मेवारी पनि तोकिएको छैन । साथै असार १ मा ल्याइएको बजेटमाथि प्रदेशसभामा छलफल पनि अघि बढाइएको छैन । नेपालीले विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद् विस्तार र बजेट छलफललगायत काम अघि बढाउने बताउँदै आएका छन् । त्यसैले उनले मुख्यमन्त्रीमा नियुक्त भएको एक साताभित्रै विश्वासको मत लिन लागेका हुन् ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा अहिले ५९ सांसद छन् । मुख्यमन्त्रीलाई विश्वासको मत पाउन ३० सांसदको मत आवश्यक पर्छ । यसअघि ३१ सांसदको समर्थनमा उनी मुख्यमन्त्री भएका हुन् । राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई सांसद पदबाट हटाएपछि प्रदेशसभामा अहिले ५९ सांंसद छन् ।


प्रकाशित : असार ४, २०७८ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?