कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मेलम्ची बाढीमा बेपत्तामध्ये दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला

सिन्धुपाल्चोक — मेलम्चीमा मंगलबार राति आएको बाढीमा बेपत्ता २० जनामध्ये दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको छ । 

मेलम्ची बाढीमा बेपत्तामध्ये दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला

चिनियाँ नागरिक गोङ टियान छियो सिन्धुपाल्चोकको इन्द्रावती खोला किनारमा र अर्का चिनियाँ नागरिक यु चि झु र भारतीय नागरिक कमल लोचन महतोको शव सिन्धुलीको सुनकोसी नदी किनारमा भेटिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । हराइरहेका १७ जनामा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका १४ जना, दुई भारतीय र १ चिनियाँ नागरिक रहेका छन् ।

प्रशासनका अनुसार बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, ६६ वर्षीया टीकामाया खड्का, ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, हेलम्बु–३ की ५० वर्षीया साइली तामाङ, ६ का ५० वर्षीया च्याङा तामाङ र ४२ वर्षीया काली तामाङ छन् ।

त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल, त्रिपुरासुन्दरी गाउँपालिका–१ का १९ वर्षीय विमल खत्री, १७ वर्षीय राम थापा, १६ वर्षीय सुवास जिरेल, १६ वर्षीय कमल खत्री, रेसमलाल साकी र हेमराज घिमिरे पनि बेपत्ता छन् ।

भारतीय नागरिक विजय वासुमन्तरी र जिनडाऔ वासुमन्तरी तथा चिनियाँ नागरिक सन यु चुवान बेपत्ता रहेको प्रशासनको सूचनामा उल्लेख छ ।

बाढीमा फसेका ८० जनाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेका छन् । घाइते ५ जनामध्ये १ चिनियाँ नागरिक उपचारपश्‍चात् घर फर्किएको जनाइएको छ ।




प्रकाशित : असार ३, २०७८ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?