आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने
काठमाडौँ — दुई अध्यक्षबीच आधिकारिकता विवादमा परेको जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले सशरीर निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको छ । ५१ सदस्सीय कार्यकारिणी समितिका ३० सदस्य उपस्थित यादव पक्षको बैठकले आधिकारिकता दावी गर्न आयोगमा उपस्थित हुने निर्णय गरेको हो ।
'बैठकले आधिकारिकता दावी गर्न नागरिकतासहित बहुमत सदस्यहरु निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको छ,' पार्टीका नेता डम्बर खतिवडाले कान्तिपुरलाई भने । अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले पनि आधिकारिकता दावी गरेको छ । दुवै अध्यक्षले एक अर्कालाई कारबाही गरेका छन् । दुवैले कारबाही गरेको सूचना अद्यावधिक गर्न निवार्चन आयोगले अस्वीकार गरिसकेको छ ।
प्रकाशित : असार ३, २०७८ १६:४५प्रतिक्रिया