कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

मेलम्ची नदीमा भीषण बाढी : केही बेपत्ता भएको आशंका

अनिश तिवारी

सिन्धुपाल्चोक — ह्योल्मोभूमि हेलम्बु हुँदै मंगलबार आएको बाढीले इन्द्रावती मेलम्ची लगायतका करिडोर क्षेत्रमा ठूलो क्षति भएको अनुमान गरिएको छ । दिउँसोदेखिको अविरल वर्षाका कारण मेलम्ची नदीको बाढीले हेलम्बु गाउँपालिकाको किउलमा रहेको ट्राउट फर्म, रिसोर्टमा कार्यरत केहीलाई बगाएर बेपत्ता बनाएको अपुष्ट खबर आएको प्रहरीले जनाएको छ । 

मेलम्ची नदीमा भीषण बाढी : केही बेपत्ता भएको आशंका

जिल्ला प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाकाअनुसार हेलम्बुदेखि मेलम्ची बजारक्षेत्र भन्दा तल्ला भेगसम्मका गरी स्थानीय सोधपुछका आधारमा ३ जना बेपत्ता भएको प्रारम्भिक अनुमान छ । ‘अहिले सुरक्षामा र तत्कालीन व्यवस्थापन उद्धारमा व्यस्त छौं, कति जना को को भन्ने सम्पूर्ण विवरण प्रस्ट खुलेको छैन, बाढीले नदी किनारक्षेत्रका अधिकांश संरचना तहसनहस बनाएकोबारे बुझ्दैछौं, ’उनले भने । अविरल वर्षातले मुहानस्थलबाट नै उर्लिएर आएको मेलम्ची नदीको बाढी हेलम्बु पुगेपछि त्रसित स्थानीय र सुरक्षाकर्मी सुरक्षित स्थानमा सरेको उनले सुनाए ।

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथानबाटै नदीको बहाब बेलुकी करिब ६ बजेबाट क्रमश: बढ्दै आएको थियो । मेलम्ची आयोजनाको काम गर्ने चिनियाँ क्याम्प ध्वस्त बनाएर उर्लिएको बाढीले क्रमश: वरपरका संरचना बगाउन थालेपछि हेलम्बुदेखि मेलम्ची भेगका बजार गाउँ क्षेत्रमा भागभाग चलेको थियो । ‘क्षति र बेपत्ताबारे विस्तृत विवरण आउन बाँकी छ, ’डिएस्पी सापकोटाले भने ।

हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाकाअनुसार हेलम्बु भेगमा मात्रै ४/५ जना बेपत्ता भएको अनुमान छ । मेलम्ची नदीको मुहानस्थल नाकुतेबाट बढ्दै आएको मेलम्ची नदीले हेलम्बु २ किउल, ग्याल्थुम र मेलम्ची नदी आसपासका ट्राउट फर्म रिसोर्टसहित केही घर बगाएको छ । 'जताततै पुल सडक बगाएको छ, जसबारे बुझ्दैछौं, यकिन विवरण आइसकेको छैन,' उनले भने ।

हेलम्बु गापा २ किउल, ग्याल्थुम, तिपेनी, तालामाराङ हुँदै मेलम्ची बजारसम्म एक दर्जनभन्दा बढी स्थानीय घर छाडेर सुरक्षित छिमेकी या अन्यत्र सुरक्षित स्थानमा सरेका छन् । मेलम्ची नगरका स्थानीय सुचिन सुवेदीले इन्द्रावती गाउँपालिका र मेलम्ची नगर जोड्ने पुल मेलम्ची नदीले बगाइसकेको बताए । ‘यहाँ बिजुली छैन, हामी सबै नगरपालिका र अन्यतिर सुरक्षित स्थानमा सरेका छौं,’उनले भने ।

स्थानीयलाई नदी आसपासका क्षेत्रमा जान नदिन र सुरक्षाकर्मीले घेरा हालेर सावधानी अपनाइरहेका छन् । मेलम्ची नदी किनारक्षेत्रका केही घरमा बाढी पस्ने जोखिम भएपछि त्यहाँका परिवारलाई स्थानीय विद्यालयमा ल्याएर आश्रय दिइएको स्थानीयले बताएका छन् । त्यसैगरी भोटेकोसी नदीको सतह बढेपछि स्थानीय त्रसित भएका छन् ।

प्रकाशित : असार १, २०७८ २२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?