२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

आगामी ३ दिन भारी वर्षाको सम्भावना, नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ — केही दिनदेखिको लगातारको वर्षाका कारण मुलुकका केही नदीका जलसतहले सतर्कता तह पार गरेका छन् ।

आगामी ३ दिन भारी वर्षाको सम्भावना, नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बाढी पूर्वानुमान महाशाखाका अनुसार यति बेला बढीगाड नदी रुद्रबेनी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । उक्त नदी जलाधारमा थप वर्षा हुने सम्भावना भएकाले तटीय क्षेत्रमा मंगलबार रातिसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

त्यसैगरी आगामी ३ दिन कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदीजलाधारलगायत गण्डकी, लुम्बिनी, कर्णाली,सुदूरपश्चिम प्रदेशको चुरे,तराई भई बहने केही साना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव भई सतर्कता तह पुग्ने सम्भावना रहेकाले साना नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेश, र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । प्रदेश नम्बर २ को थोरै स्थानमा मेघगर्जन/चट्टयाङसहित वर्षा भइरहेको छ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ असार १ गते (मंगलबार)

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नम्बर २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।

२०७८ असार २ गते (बुधबार)

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।

राति: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

२०७८ असार ३ गते (बिहीबार)

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।

राति: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश न.१ र लुम्बिनी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रकाशित : असार १, २०७८ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?