२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

श्रीमतीकै योजनामा माओवादी नेता पाण्डेको हत्या : प्रहरी

मनोज पौडेल

कपिलवस्तु — माओवादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेको गोली प्रहार गरी श्रीमतीको योजनामा हत्या गरिएको प्रहरीले जनाएको छ । ३ साता लामो अनुसन्धानपछि सोमबार पत्रकार सम्मेलन गरी अनैतिक सम्बन्धका कारण श्रीमती महिमाले दवाब दिएर पाण्डेको हत्या गरेको प्रहरीको दाबी छ ।

श्रीमतीकै योजनामा माओवादी नेता पाण्डेको हत्या : प्रहरी

कपिलवस्तु नगरपालिका–१ आनन्दवाग बस्ने ओमप्रकाश यादव र पाण्डे श्रीमति महिमाबीच ५ वर्षदेखि सम्बन्ध रहँदै आएको थियो । दुवैबीचको सम्बन्ध दीपकले थाहा पाएपछि श्रीमान श्रीमतिबीच मनमुटाव आएको थियो । मृतक पाण्डे र यादबबीच पनि सम्बन्ध बिग्रिएको थियो ।

दीपक दुवैका लागि समस्या हुन थालेपछि हत्याको योजना बनाइएको थियो । पटकपटक हत्याको योजना बनाउन श्रीमतीले ओमप्रकाशलाई दवाब दिएपछि थेग्न नसकेर घटना गराइएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक नवराज अधिकारीले बताए । ‘२/३ वर्ष यता पाण्डेलाई मार्ने योजना बनाएका थिए,’ उपरीक्षक अधिकारीले भने, ‘विभिन्न व्यक्तीलाई सुपारी पनि दिएका थिए । तर विभिन्न कारणले योजना सफल हुन सकेको थिएन ।’

लामो समयदेखि पाण्डेमाथि गरेको निगरानी र मुभमेन्टका कारण गते जेठ ५ गते राति करिब ११ बजेतिर गोली प्रहार गरिएको प्रहरीको अनुसन्धानमा खुलेको छ । जीतपुर–तौलिहवा सडक खण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका–६, गोबरीमा उनीमाथी ३ जनाले गोली प्रहार गरेका थिए । सख्त घाइते पाण्डेको जेठ १० गते शिक्षण अस्पताल काठमाडौंमा मृत्यु भएको थियो । हत्यामा रमजान साह मुसलमान, साकिर अली पखिया र ओमप्रकाश संलग्न रहेको प्रहरीले जनाएको छ ।

घटनामा प्रयोग गरिएको पेस्तोल खरिद गर्न, ओसारप्रसार र घरमा लुकाइ छिपाइ राख्न सहयोग गर्ने ७ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका १, कैलाश टोलका पुर्णविर पाल्पाली, कपिलवस्तु नगरपालिका २, बर्दहवाका सद्दाम हुसेन खान, यशोधरा गाउँपालिका ४ पोखरभिटवाका ज्ञानेन्द्रकुमार पाण्डे र वडा नम्बर ४ सेमरीका राधेश्याम चौधरी रहेका छन् । त्यस्तै, कपिलवस्तु नगरपालिका ५, गोटिहवाका श्रीराम कुर्मी, कपिलवस्तु नगरपालिका १, मस्जिदटोलका नसरल अली र कपिलवस्तु नगरपालिका २, बर्दहवाका प्रवीण गुप्ता पक्राउ परेका छन् ।

यो पनि पढ्नुहोस्ः

गोली प्रहारबाट घाइते माओवादी नेताको मृत्यु

प्रकाशित : जेष्ठ ३१, २०७८ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?