जर्मनीले नेपाललाई ४ अर्ब ८० करोड अनुदान दिने- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जर्मनीले नेपाललाई ४ अर्ब ८० करोड अनुदान दिने

रासस

काठमाडौँ — जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोगस्वरुप चार अर्ब ८० करोडभन्दा बढी अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपाल र जर्मनीबीच जारी द्विपक्षीय सहयोगअन्तर्गत सन् २०२३ सम्म प्राविधिक सहयोग तथा सन् २०२५ सम्म वित्तीय सहायतालाई निरन्तरता दिन जर्मन सरकारले अनुदानस्वरुप उक्त रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो ।

नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफेर र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले सोमबार अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको जर्मनी राजदूतावासले जनाएको छ ।

नेपालका मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रमा ऊर्जा तथा नवीकरणीय ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रका लागि उक्त रकम प्रदान गरिने दूतावासले जनाएको छ ।

प्रकाशित : जेष्ठ ३१, २०७८ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्

अवैध काठसहित ४ जना पक्राउ

अमृता अनमोल

बुटवल — रुपन्देहीको देवदहमा अवैध सालको काठसहित ४ जना पक्राउ परेका छन् ।

बिहान करिब एक बजे लु २ ख ४५०१ नम्बरको जीपसहित १४२ क्युफिट काठ बरामद गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

पक्राउ पर्नेमा मुख्य नाइके देवदह–१० चरंगेका प्रेमबहादुर थापा, बुटवल उपमहानगरापलिका –३ का रोहित घले, पाल्पाको रैनादेवी गाउापालिका–६ का गंगाबहादुर बुढा र झविन्द्र बलाल रहेका छन् ।

काठ तस्करीको विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेकालाई थप कारबाहीका लागि डिभिजन वन कार्यालय रुपन्देहीमा पठाइएको छ।

प्रकाशित : जेष्ठ ३१, २०७८ १५:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×