२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

नेता खनाल अस्पताल भर्ना

रासस

काठमाडौं — नेकपा (एमाले) का नेता झलनाथ खनाल थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल भर्ना भएका छन् । नियमित उपचारका लागि अस्पताल पुगेका खनाललाई चिकित्सकको सल्लाहअनुसार नै भर्ना गरिएको हो ।

नेता खनाल अस्पताल भर्ना

कमजोरी महसुस गरेपछि उपचारका लागि पुगेका खनाल चिकित्सकको सल्लाहमै आराम गर्न अस्पताल भर्ना भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

‘केही कमजोर महसुस भएपछि उहाँलाई आज अस्पताल ल्याइएको थियो,’ उनले भने, ‘घरमा भन्दा चिकित्सकको निगरानीमा अस्पतालमा आराम गर्न सजिलो हुने भएकाले भर्ना गरिएको हो ।’

उनले नेता खनाललाई जटिल समस्या नरहेको र दुई–तीन दिनपछि घर फर्किने बताए । पूर्वप्रधानमन्त्री खनाललाई यसअघि कोभिड संक्रमण देखिएपछि नर्भिक अस्पताल भर्ना गरी उपचार गरिएको थियो ।

प्रकाशित : जेष्ठ ३१, २०७८ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?