कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

एसईई : विद्यालयले असार २० भित्र विद्यार्थीको प्राप्तांक पठाइसक्नुपर्ने

सुदीप कैनी

काठमाडौँ — गत वर्षको एसईईका लागि आन्तरिक मूल्यांकनलाई आधार बनाएको राष्ट्रिय परीक्षा बोर्डले आगामी असार २० भित्र विद्यार्थीको प्राप्तांक जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमा पठाउन देशभरका विद्यालयलाई सर्कुलर गरेको छ । 

एसईई : विद्यालयले असार २० भित्र विद्यार्थीको प्राप्तांक पठाइसक्नुपर्ने

बोर्डले सोमबार सूचना प्रकाशित गरी प्राप्तांक विद्यालयले असार २० भित्र इकाइमा र इकाइले असार मसान्तभित्र बोर्डमा पठाइसक्नुपर्ने जनाएको हो । कक्षा १० को विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७८ बमोजिम प्राप्तांक पठाउन निर्देशन दिइएको छ । बोर्डले कार्यविधि २०७७ र संशोधन गरी २०७८ जारी गर्ने तयारी गरेको छ । कार्यविधिको अनुसूचीमा समाविष्ट फारामहरूमा विधिको नम्बर भरेर पठाउनुपर्ने बोर्डले जनाएको छ ।

कार्यविधिअनुसार मूल्यांकन समितिले विद्यार्थीलाई नम्बर दिँदा विश्वसनीय हुनुपर्नेसमेत बोर्डले जनाएको छ । यसका लागि प्रधानाध्यापक, विषयशिक्षक सहभागी मूल्यांकन समिति रहने व्यवस्था गरिएको छ । गत वर्ष विषयशिक्षक र विद्यालयले विद्यार्थीलाई नम्बर बढाएर दिइएको पाइएको थियो । यसपालि समितिले पठाएको नम्बर अस्वाभाविक लागे इकाइप्रमुखले मूल्यांकन फिर्ता पठाउन सक्ने व्यवस्थासमेत गरिएको छ । अस्वाभाविक नम्बर दिँदा कारण र पुष्टिसमेत दिनुपर्ने बोर्डले जनाएको छ । असार २० गतेभित्र विद्यालयले पठाएको नम्बर रुजु गरेर इकाइले बोर्डमा पठाउनुपर्नेछ ।


प्रकाशित : जेष्ठ ३१, २०७८ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?