कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

गण्डकीमा दोहोरियो काठमाडौंको राजनीतिक दाउपेच : संसदमा विश्वास नपाएका मुख्यमन्त्री गुरुङले गरे बहुमतको दावी 

पोखरा — प्रदेशसभाबाट विश्वासको मत लिन असफल भएका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले फेरि बहुमत दावी गर्दै प्रदेश प्रमुख समक्ष गएका छन् । उनी राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको पत्रसहित गएका हुन् । 

गण्डकीमा दोहोरियो काठमाडौंको राजनीतिक दाउपेच : संसदमा विश्वास नपाएका मुख्यमन्त्री गुरुङले गरे बहुमतको दावी 

मुख्यमन्त्रीका प्रेस संयोजक बिक्रम न्यौपानेका अनुसार जसपा केन्द्रीय सदस्य शंकर गौतम, तत्कालीन राजपा गण्डकी संयोजक अनिल परियारको पत्र र राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले आफू संसदीय दलको नेता भएकाले आफ्नो पार्टीको समर्थन गुरुङलाई रहेको भन्ने पत्रसाथ मुख्यमन्त्री गुरुङले पनि दावी गरेका हुन् ।

विपक्षी गठबन्धनले सशरीर ३१ सांसद (बहुमत) पुर्‍याएर शुक्रबार मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । तर, प्रदेश प्रमुखले दिएको समयसीमाको केही छिन अघिमात्रै गुरुङले पनि दावी गर्नु प्रदेशसभा बिघटनको बाटोमा लैजाने प्रयास भएको टिप्पणी गरिएको छ ।

केन्द्रमा विपक्षी गठबन्धनले बहुमत सांसदले हस्ताक्षर बुझाउँदा राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अस्वीकार गरेकी थिइन् । बरु संसद्‍मा विश्वास सावित गर्न नसकेका प्रधानमन्त्री केपी ओलीले नै दलको पत्र बुझाएर बहुमत दावी गरेका थिए । यसकै आधारमा राष्ट्रपतिले दुवैको दावी नपुगेको बताएकी थिइन् ।

गुरुङले अन्तिम समयमा बहुमत दावी गर्नुलाई उनको संसद विघटन गर्ने षड्यन्त्रको कदम भएको विपक्षी गठबन्धनले आरोप लगाएको छ । केन्द्रमा पनि दुवै पक्षको बहुमत नपुगेको राष्ट्रपतिले बनाए लगत्तै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेर निर्वाचन घोषणा गरेकी थिइन् । यसविरुद्धको रिट सर्वोच्चको संवैधानिक इजलासमा बहस जारी छ ।

प्रकाशित : जेष्ठ २९, २०७८ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?