कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

गण्डकी प्रदेश प्रमुखले भनिन्- भोलि हेरौंला

दीपक परियार

पोखरा — विपक्षी गठबन्धनले बहुमत ३१ सांसदको हस्ताक्षर गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष बुझाएका छन् । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा प्रदेश प्रमुखको निवासमा सशरीर उपस्थित भएर सांसदले हस्ताक्षर बुझाएका हुन् । 

गण्डकी प्रदेश प्रमुखले भनिन्- भोलि हेरौंला

नेपालीले प्रदेश प्रमुखलाई सजिलो होस् भनेर सशरीर उपस्थित भएकोले सनाखत गर्न आग्रह गरेका थिए । 'सनाखत कर्मचारीको अगाडि गराऔं कि हजुरकै अगाडि' भन्ने सांसदको प्रश्नमा प्रदेश प्रमुख पौडेलले 'सनाखत भोलि गरौंला ' भन्ने जवाफ दिइन् । भनिन्, 'ठीक छ यहाँहरूले ल्याउनुभएको छ । आज भइहाल्यो, प्रक्रिया पुगे नपुगेको भोलि हेरौंला ।'

नेपालीले भने बजेट ल्याउनुपर्ने समयको चापलाई मध्यनजर गर्दै छिट्टै निर्णय गर्न आग्रह गरेका थिए ।


प्रकाशित : जेष्ठ २८, २०७८ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?