कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै विपक्षी गठबन्धन प्रदेश प्रमुखसमक्ष जाँदै- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै विपक्षी गठबन्धन प्रदेश प्रमुखसमक्ष जाँदै

दीपक परियार

काठमाडौँ — गण्डकीमा प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको आह्वान गरेपछि विपक्षी गठबन्धन आजै बहुमत दावी गर्न जाने भएको छ ।

विपक्षी गठबन्धनका एक नेताले जानकारी दिएअनुसार नेपाली कांग्रेसको प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै ५ बजे गठबन्धन प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष उपस्थित हुन लागेको हो ।

युवा तथा खेलकुद मन्त्रीबाट राजीनामा दिएका दीपक मनाङेले विपक्षी गठबन्धनलाई समर्थन गरेपछि आफ्नो पक्षमा ३१ सांसद्‍को स्पष्ट बहुमत भएको पनि उनले बताए । 'हामी सशरीर सबै सांसद उपस्थित हुनेछौं,' उनले भने । ६० सदस्यीय प्रदेश सभामा बहुमत पुग्नलाई ३१ सांसद्को समर्थन आवश्यक पर्छ । नेपालीको पक्षमा बहुमत पुगेको खण्डमा उनी आजै मुख्यमन्त्री नियुक्त हुनेछन् । प्रदेश प्रमुखले बहुमतसहित सरकार गठन दावीका लागि भोलि २९ गतेसम्मको समय दिएकी छन् ।

प्रकाशित : जेष्ठ २८, २०७८ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्

नागरिकतासम्बन्धी अध्यादेश रोक्दा समस्या भयावह हुन्छ : ठाकुर

कान्तिपुर संवाददाता

काठमाडौँ — जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नागरिकता सम्बन्धी अध्यादेश रोक्दा सम्बन्धित समस्या भयावह हुने बताएका छन् ।

महन्थ ठाकुर, अध्यक्ष, जनता समाजवादी पार्टी

पार्टीबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त राजकिशोर यादवको सम्मानमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले अध्यादेश पनि कानुन नै भएकाले सर्वोच्च अदालतले रोक्नु गलत भएको बताएका हन् । उनले ३ वर्षदेखि नागरिकता सम्बन्धी विधेयक संसद्‌मा अड्किएको उल्लेख गर्दै संसद्ले नागरिकतासम्बन्धी विषयमा निर्णय गर्न नसकेको बताए ।

नागरिकताको अभावमा नागरिकहरु रोजगार, शिक्षा, व्यापार व्यवसायका लागि र विदेश जान समस्या भएको भन्दै राज्यको सेवा सुविधाबाट वञ्चित हुनुपरेको बताए । उनले नवनियुक्त मन्त्रीहरुलाई आपसमा समन्वय गरेर काम गर्न निर्देशन पनि दिए ।

उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महताले जसपालाई देश र जनताको सेवा गर्ने अवसर प्राप्त भएकाले देश र जनताप्रति समर्पित भावले आफ्नो दायित्व निर्वाह गर्नुपर्ने बताए । देशको समृद्धि विकास र जनताको अधिकारका निम्ति जसपाले सरकारमा बसेर इमान्दारीपूर्वक काम गर्ने उनले बताए ।

उद्योगमन्त्री यादवले आफ्नो विवेक र ल्याकतले भ्याएसम्म जिम्मेवारी निर्वाह गर्ने बताए । सरकारमा रहेर पार्टीको नीति, निर्देशन र उद्देश्य प्राप्त गर्न केन्द्रित हुने उनले बताए । उनले सरकारको लक्ष्य प्राप्तिका लागि निष्ठापूर्वक काम गर्ने बताए । उनले आफू सामूहिक रुपमा काम गर्न प्रतिबद्ध रहेको पनि बताए ।


प्रकाशित : जेष्ठ २८, २०७८ १५:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×