सभामुखसँगको छलफलमा दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरू

काठमाडौँ — संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरू र पूर्व प्रधानमन्त्रीहरूलाई समसामयिक विषयमा छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटासँग छलफलमा जुटेका छन् । सभामुखले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीलाई पनि निमन्त्रणा गरिएको थियो । तर उनी उपस्थित छैनन् ।

सभामुखसँगको छलफलमा दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरू

प्रतिनिधिसभा दोस्रोपटक विघटन भएपछि सभामुखले पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन् । यसअघि उनले पूर्वसभामुख, कानुन व्यवसायी, राजनीतिक दलका नेतालगायतसँग परामर्श गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

समसामयिक विषयमा छलफल गर्नका लागि बैठकको आयोजन गरिएको बताइएको छ ।

छलफलका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, माधव नेपाल, जसपाका नेताहरू बाबुराम भट्टराई, उपेन्द्र यादव लगायत आएका छन् ।

तस्बिरहरू : अंगद ढकाल, हेमन्त श्रेष्ठ

प्रकाशित : जेष्ठ २८, २०७८ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?