कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा फेरि पदमुक्त

एमाले सांसदद्वारा संसद् अवरुद्ध
प्रतीक्षा काफ्ले

कास्की — राष्ट्रिय जनमोर्चाका प्रदेश सांसद कृष्ण थापा फेरि पदमुक्त भएका छन् । शुक्रबारको संसद् बैठकमा उनी पदमुक्त भएको सूचना सभामुख नेत्रनाथ अधिकारीले पढेर सुनाएका हुन् । 

राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा फेरि पदमुक्त

यसअघि पार्टी निर्देशन नमानेको भन्दै गत बिहीबार सांसद पदबाट हटाइएका थापालाई गत आइतबार सर्वोच्च अदालतले पुर्नबहाली गरिदिएको थियो ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत मागेका बेला भएको मतदानमा बिहीबार थापा तटस्थ बसेका थिए । पार्टीले मुख्यमन्त्रीको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न भनेपनि उनी तटस्थ बसेकाले राष्ट्रिय जनमोर्चाले पदबाट हटाएको हो । सभामुख नेत्रनाथ अधिकारीले शुक्रबारको प्रदेशसभा बैठकमा राजनीतिक दल सम्बन्धि ऐन २०७३ को परिच्छेद ६ दफा ३५ को उपदफा १ बमोजिम उनलाई पदमुक्त भएको जानकारी गराएका हुन ।

पुनर्बहाली गर्ने सर्वोच्चको आदेशमाथि जनमोर्चा, प्रदेशसभा, सभामुखले पुनरावलोकनको माग गरेका थिए । यससम्बन्धी आगामी ३१ गते सुनुवाइ हुँदैछ । जनमोर्चाले यसअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विपक्षीमा मोर्चाबन्दी गरेका विपक्षी गठबन्धनलाई सहयोग गर्ने निर्णय गरे पनि थापाले मानेका थिएनन । थापा बाग्लुङ निर्वाचन क्षेत्र नम्बर १ को खबाट निर्वाचित सांसद हुन् । उनी संसदीय दलको नेता समेत थिए ।

यस्तै, संसद् बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । सत्तारूढ दल एमालेले प्रदेशसभा सञ्चालन नियमावली अनुसार मन्त्रीहरूको अनुपस्थितिमा नै बैठक चलाएको भन्दै उठेर विरोध जनाएका थिए ।

एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले सभामुखलाई मन्त्रीको सहभागिता बिना बैठक चलाउन नसकिने बताएका थिए ।

प्रकाशित : जेष्ठ २८, २०७८ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?