कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

गण्डकीका खेलकुदमन्त्री गुरुङले दिए राजीनामा, विपक्षी गठबन्धनमा सामेल भएको घोषणा

काठमाडौँ — गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पदबाट राजीनामा दिएका छन् ।

गण्डकीका खेलकुदमन्त्री गुरुङले दिए राजीनामा, विपक्षी गठबन्धनमा सामेल भएको घोषणा

प्रदेश सभामा विश्वासको मत नपाएपछि मुख्यमन्त्री पदमुक्त भएकाले आफू पनि नैतिकरुपमा मन्त्री रहन नहुने जनाउँदै गुरुङले बिहीबार राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । पछिल्ला राजनीतिक घटनाक्रमले सरकार निर्माण हुन नसकी प्रदेश सभा विघटनको संघारमा पुग्न लागेकोले संसद् बचाउन आफू मन्त्री पद त्याग्दै विपक्षी गठबन्धनमा सामेल भएको समेत मनाङेले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

मनाङेको राजीनामा पत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बुझाइएको छ । मनाङे मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा प्रदेशसभामा अनुपस्थित भएका थिए । नयाँ सरकार गठन गर्न या प्रदेश सभा विघटन गर्न मनाङेको मतलाई निर्णयक मानिदै आएको छ ।

मनाङे मनाङ क्षेत्र नम्बर १ को 'ख' बाट निर्वाचित स्वतन्त्र सांसद हुन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै मनाङेलाई युवा तथा खेलकुदमन्त्री नियुक्त गरिएको थियो । आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको सामना गर्नुअघि वैशाख २६ मा राजीनामा दिएका मुख्यमन्त्रीले पुनः वैशाख २९ मा संसद्‌मा सहभागी ठूलो दलको नेताको हैसियले शपथ लिएका थिए । उनी पुनः मुख्यमन्त्री भएसँगै जेठ ५ मा मनाङेलाई सोही पदमा मन्त्री नियुक्त गरेका थिए ।

प्रकाशित : जेष्ठ २७, २०७८ २३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?