सरकारको प्रवक्तामा थापा

काठमाडौँ — सरकारको प्रवक्ताको जिम्मेवारी नवनियुक्त सञ्‍चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई दिइएको छ । 

सरकारको प्रवक्तामा थापा

बिहीबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रवक्ताको जिम्मेवारी थापालाई दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

थापा बिहीबारमात्रै सञ्‍चारमन्त्रीमा नियुक्त भएकी हुन् । मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै बिहीबार पहिलो बैठक बसेको हो ।

यसअघि सरकारको प्रवक्ताको जिम्मेवारीमा सञ्‍चारमन्त्री समेत रहेका पार्वत गुरुङ थिए । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर समूहलाई मन्त्रिपरिषद्‌मा सहभागी गराउने क्रममा गुरुङ मन्त्री पदबाट बाहिरिएपछि प्रवक्ता पद रिक्त बन्‍न पुगेको थियो ।

प्रकाशित : जेष्ठ २७, २०७८ २२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?