कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

देउवा निवासमा विपक्षी गठबन्धनको बैठक

काठमाडौँ — नयाँ राजनीतिक घटनाक्रमको समीक्षा र आगामी रणनीतिका विषयमा छलफल गर्न विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् । 

देउवा निवासमा विपक्षी गठबन्धनको बैठक

कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा विपक्षी गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता छलफलमा जुटेका हुन् ।

पछिल्लो राजनीतिक अबस्थाबारे छलफल भइरहेको माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

गण्डकी प्रदेशमा सरकारले विश्वासको मत नपाएको तथा सर्वोच्च अदालतले सरकारले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न आदेश दिएकै दिन विपक्षी गठबन्धनका नेताहरू छलफलमा जुटेका हुन् ।

समसामयिक राजनीतिक परिस्थिति र गठबन्धनको आगामी कदमबारे छलफल हुने बताइएको छ । विपक्षी गठबन्धनको रणनीतिअनुसार प्रदेश २ मा पनि सत्तासमीकरण हेरफेर भएको छ ।

असार ९ गतेदेखि देउवासहित १ सय ४६ सांसदले दायर गरेकाे रिट निवेदनलाई प्राथमिकतामा राखेर फास्ट ट्र्याकमा सुनुवाइ हुने भएको छ ।

प्रकाशित : जेष्ठ २७, २०७८ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?