कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सुदूरपश्‍चिम सरकारद्वारा नीति तथा कार्यक्रम प्रस्तुत, स्वास्थ्य क्षेत्र प्रमुख प्राथमिकता [पूर्णपाठ]

अर्जुन शाह

धनगढी — स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकता दिँदै बिहीबार सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । 

सुदूरपश्‍चिम सरकारद्वारा नीति तथा कार्यक्रम प्रस्तुत, स्वास्थ्य क्षेत्र प्रमुख प्राथमिकता [पूर्णपाठ]

प्रदेश प्रमुख गंगाप्रसाद यादवले प्रदेश सभामा नीति कार्यक्रम प्रस्तुत गर्दै कोरोना महामारी नियन्त्रण र व्यवस्थापनमा केन्द्रित हुनु आगामी आर्थिक वर्षको पहिलो प्राथमिकता भएको बताए । उनले सरकारले हालसम्म प्राप्त गरेका उपलब्धिहरुको समेत चर्चा गर्दै आगामी आर्थिक वर्षमा हरेक क्षेत्रमा प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन गर्ने गरी नीति र कार्यक्रम ल्याएको बताए ।

नीति तथा कार्यक्रममा कोरोना संक्रमितको उपचार र महामारी नियन्त्रणका लागि स्वास्थ्य पूर्वाधारको निर्माण, औषधि, उपकरण र जनशक्ति व्यवस्थापनमा प्राथमिकता दिइने उल्लेख गरिएको छ । साथै कोरोना महामारीका कारण आर्थिक क्षेत्रमा परेको प्रभाव न्यूनिकरण गर्न बजेटलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ । रोजगार गुमाएका युवाहरु, उद्यमी लगायतका सहुलियत कर्जा उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । प्रदेशभित्रका अस्पतालहरुको स्तरोन्नती एवं स्वास्थ्यकर्मीका लागि प्रोत्साहनका कार्यक्रमसमेत सञ्चालन गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रम समग्रमा कोरोना महामारीमै केन्द्रित भए पनि कृषि, शिक्षा, पूर्वाधार निर्माण, पर्यटन प्रवर्द्धनलगायतका क्षेत्रमा भने अधिकांश कार्यक्रम दोहोरिएका छन् ।

पूर्णपाठ

प्रकाशित : जेष्ठ २७, २०७८ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?