यमनबाट डा. केसी भन्छन्- 'जबर्जस्ती सम्बन्धन प्रक्रिया अघि बढाइए आउनासाथ सत्याग्रह'- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यमनबाट डा. केसी भन्छन्- 'जबर्जस्ती सम्बन्धन प्रक्रिया अघि बढाइए आउनासाथ सत्याग्रह'

कान्तिपुर संवाददाता

काठमाडौँ — मेडिकल शिक्षा तथा सेवामा सुधारका लागि पटकपटक सत्याग्रह गरेका अभियन्ता डा. गोविन्द केसीले झापास्थित बीएन्डसी मेडिकल कलेजलाई जबर्जस्ती सम्बन्धन दिने प्रक्रिया अघि बढाइए आफूले फेरि सत्याग्रह गर्ने बताएका छन् । 

फाइल तस्बिर ।

हाल द्वन्द्वग्रस्त मुलुक यमनमा स्वयंसेवामा खटिएका केसीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ- 'चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुको अडानविपरीत जबर्जस्ती अवैध सम्बन्धनको प्रक्रिया अघि बढाइयो भने म नेपाल फर्कनासाथ त्यस्तो हर्कतविरुद्ध सत्याग्रह सुरु गर्ने जानकारी गराउन चाहन्छु ।'

उनले विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग सरकारले विगतम गरेका सहमतिहरु तोडेर जबर्जस्ती सम्बन्धन दिन लागेको बताएका छन् । उनले बीएन्डसीका संचालकले आफ्नो समूहका सदस्यलाई धम्की दिएको भन्दै त्यसको भर्त्सना पनि गरेका छन् । प्रत्येक प्रदेशमा एक सरकारी मेडिकल कलेज खोल्ने भनी आफूसँग भएको सम्झौता पूरा गर्नुको सट्टा प्रधानमन्त्री ओलीले त्यसमा बाधा उत्पन्न गरेको र आफू नजिकका मान्छेको फाइदा हेरेर महंगो शूल्क लिने निजी मेडिकल कलेजलाई प्रसय दिएको आरोप पनि डा. केसीले लगाएका छन् ।

प्रकाशित : जेष्ठ २७, २०७८ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्

बीएन्डसीलाई सम्बन्धन नदिन माग गर्ने डा. केसी समर्थक युवाहरू पक्राउ

तस्बिर : केशव थापा

काठमाडौँ — बीएन्डसीलाई अवैध रुपमा सम्बन्धन दिन लागिएको भन्दै प्रदर्शन गर्ने डा केसी अलायन्स ग्रुपका ६ जना युवा प्रकाउ परेका छन् । बिहीबार माइतीघरमा प्रदर्शन गरिरहेका सोलिडारिटी फर डा केसी अलायन्सका अभियन्ताहरु छिरिङ तामाङ, सचिन तिमल्सेना, लोकेश कुँवर, चेतन बुढाथोकी, साजन तामाङ र शशिविक्रम कार्की पक्राउलाई प्रहरीले पक्राउ गरेको छ ।


प्रकाशित : जेष्ठ २७, २०७८ १४:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×