बीएन्डसीलाई सम्बन्धन नदिन माग गर्ने डा. केसी समर्थक युवाहरू पक्राउ- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीएन्डसीलाई सम्बन्धन नदिन माग गर्ने डा. केसी समर्थक युवाहरू पक्राउ

तस्बिर : केशव थापा

काठमाडौँ — बीएन्डसीलाई अवैध रुपमा सम्बन्धन दिन लागिएको भन्दै प्रदर्शन गर्ने डा केसी अलायन्स ग्रुपका ६ जना युवा प्रकाउ परेका छन् । बिहीबार माइतीघरमा प्रदर्शन गरिरहेका सोलिडारिटी फर डा केसी अलायन्सका अभियन्ताहरु छिरिङ तामाङ, सचिन तिमल्सेना, लोकेश कुँवर, चेतन बुढाथोकी, साजन तामाङ र शशिविक्रम कार्की पक्राउलाई प्रहरीले पक्राउ गरेको छ ।


प्रकाशित : जेष्ठ २७, २०७८ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्

कोरोनाबाट कास्कीका पत्रकार यज्ञप्रसाद बास्तोलाको निधन

कान्तिपुर संवाददाता

कास्की — नेपाल पत्रकार महासंघ कास्की शाखा सदस्य यज्ञप्रसाद बास्तोलाको  कोरोना संक्रमणका कारण ७० वर्षको उमेरमा निधन भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि पोखरास्थित रिजनल अस्पतालमा उपचाररत पत्रकार बास्तोलाको स्वास्थ्यमा थप समस्या देखिएपछि बुधबार पोखराकै चरक अस्पतालमा उपचारका लागि भर्ना गरिएको र उपचारकै क्रममा सोही अस्पतालमा आज बिहान ३:१० बजे निधन भएको हो ।

कास्कीको पुरञ्चौरमा जन्मिएका हाल पोखरा-५ का स्थायी बासिन्दा पत्रकार बास्तोला विगत चार दशकदेखि पोखरामा रही पत्रकारितामा क्रियाशील थिए । उनले पोखराको माछापुच्छ्रे एफएम, माइक्रो न्युज, आदर्श समाज र स्वतन्त्र सन्देशलगायतमा कार्यक्रम प्रस्तोतादेखि सहसम्पादक र सम्पादकको जिम्मेवारी निर्वाह गरेका थिए । उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र अनुभवी पत्रकार गुमाएको र महासंघले जुझारु र सक्रिय सदस्य गुमाएको महासचिव रोसन पुरीले बताएका छन् ।

कोरोनाकै कारण हालसम्म २० जना पत्रकारको निधन भएको छ भने ९ सय ५० भन्दा बढी पत्रकार संक्रमित भएको पनि महासचिव पुरीले जानकारी दिएका छन् । सम्भावित जोखिमको ख्याल गरी स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा महासंघले अपिल गरेको छ ।


प्रकाशित : जेष्ठ २७, २०७८ १४:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×