२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

महामारीको सामना गर्न नेपाललाई हाम्रो साथ छ : पाकिस्तानी विदेशमन्त्री

काठमाडौँ — पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेसीले कोभिड–१९ को महामारीको सामना गर्न नेपाललाई पाकिस्तानको साथ रहेको बताएका छन् ।

महामारीको सामना गर्न नेपाललाई हाम्रो साथ छ : पाकिस्तानी विदेशमन्त्री

इस्लामावादस्थित परराष्ट्र मन्त्रालयमा बुधबार पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँगको शिष्टाचार भेटवार्तामा मन्त्री कुरेसीले महामारीको सामना गर्ने सन्दर्भमा सम्भव भएजति सबै समर्थन प्रदान गर्ने बताए ।

पाकिस्तानले चिनियाँ भ्याक्सिन कम्पनी सिनो फार्मको सहयोगमा आफ्नै मुलुकमा कोभिड–१९ विरुद्धको खोप उत्पादन समेत गर्न लागेको छ ।

पकिस्तानी परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार उक्त भेटवार्तामा दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको थियो । उक्त अवसरमा मन्त्री कुरेसीले सन् २०२१ को मे ३१ अघि आफ्ना नागरिकलाई घर फर्काउनको लागि नेपाल सरकारले गरेको सहयोगलाई लिएर धन्यवाद दिए ।

प्रकाशित : जेष्ठ २७, २०७८ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?