प्रतिनिधिसभा विघटन मुद्दा : संवैधानिक इजलासद्वारा 'एमीकस क्युरी' झिकाउन आदेश- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिनिधिसभा विघटन मुद्दा : संवैधानिक इजलासद्वारा 'एमीकस क्युरी' झिकाउन आदेश

जयसिंह महरा

काठमाडौँ — प्रतिनिधिसभा विघटन मुद्दामा अन्तिम सुनुवाइका लागि संवेधानिक इजलासले 'एमीकस क्युरी' झिकाउन आदेश दिएको छ । संवैधानिक इजलासद्वारा एमीकस क्युरीका लागि नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बारबाट दुई-दुई जना वरिष्ठ अधिवक्ताको नाम झिकाउन आदेश दिएको हो ।

बुधबारको सुनुवाइपछि जारी आदेशमा ४ सदस्यीय एमीकस क्युरीको नाम झिकाउन भनिएको छ ।

आदेशमा लेखिएको छ, 'अदालतको सहयोगी (एमीकस क्युरी)को रूपमा नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बारबाट दुई/दुई जना विद्वान् वरिष्ठ अधिवक्ताहरूको सहयोग उपलब्ध गराइदिन तत्काल लेखिपठाउनू ।'

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, इश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले एमीकस क्युरी झिकाउने आदेश गरेको हो ।

पुस ५ गतेको प्रतिनिधिसभा विघटनपछिको मुद्दामा ५ सदस्यीय एमीकस क्युरी गठन गरिएको थियो । यसपटक चार जनाको मात्रै एमीकस क्युरी गठन भएको हो ।

प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दाको अन्तिम सुनुवाइ असार ९ गतेदेखि निरन्तर गर्नेगरी आदेश भएको छ । सुनुवाइका क्रममा रिट निवेदक, विपक्षी र एमीकस क्युरीका लागि समय पनि आदेशसँगै तय गरिएको छ ।

एमीकस क्युरी भनेको के हो ?

एमीकस क्युरी अदालतले इजलासलाई सहयोग गर्न बनाउने विज्ञको टिम हो । इजलासले आफू समक्ष विचाराधीन रहेको कुनै मुद्दाको प्रकृति र गम्भीरतालाई विचार गरी कुनै विषयमा विशेष ज्ञान र अनुभव रहेको कानुनको प्राध्यापक, कानुन व्यवसायी र विषयविज्ञ वा त्यस्तो विषयमा विशेष योगदान पुर्‍याएको कुनै व्यक्तिलाई इजलासको सहयोगी (एमीकस क्युरी) को रूपमा झिकाई निजको राय लिन सक्नेछ ।

प्रकाशित : जेष्ठ २६, २०७८ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्

विश्‍वासको मतको विपक्षमा उभिन गण्डकीमा कांग्रेस र माओवादी केन्द्रका सांसदलाई ह्वीप जारी

प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार लिने विश्वासको मतको विपक्षमा उभिनका लागि दलहरुले आ–आफ्ना सांसदलाई ह्रवीप जारी गरेका छन् । 

गण्डकी प्रदेश सभा भवनबाट बाहिरिँदै सांसद । तस्बिर : प्रतीक्षा काफ्ले/कान्तिपुर ।

बुधबार गण्डकी प्रदेशसभाअन्तर्गत नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को संसदीय दलका छुट्टाछुट्टै बसेका बैठकले ह्रवीप जारी गरेका हुन् । यस्तैगरी नेकपा (एमाले) ले पनि विश्वासको मतको पक्षमा उभिनका लागि आफ्ना सांसदलाई ह्रवीप जारी गर्ने तयारी गरेको छ । जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पनि विश्वासको मतको विपक्षमा उभिनका लागि आफ्ना सांसदलाई ह्रवीप जारी गरेको छ ।

मुख्यमन्त्रीले बिहीबार १२ बजेपछि विश्वासको मत लिँदैछन् ।

प्रकाशित : जेष्ठ २६, २०७८ १७:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×