१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

विश्‍वासको मतको विपक्षमा उभिन गण्डकीमा कांग्रेस र माओवादी केन्द्रका सांसदलाई ह्वीप जारी

प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार लिने विश्वासको मतको विपक्षमा उभिनका लागि दलहरुले आ–आफ्ना सांसदलाई ह्रवीप जारी गरेका छन् । 

विश्‍वासको मतको विपक्षमा उभिन गण्डकीमा कांग्रेस र माओवादी केन्द्रका सांसदलाई ह्वीप जारी

बुधबार गण्डकी प्रदेशसभाअन्तर्गत नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को संसदीय दलका छुट्टाछुट्टै बसेका बैठकले ह्रवीप जारी गरेका हुन् । यस्तैगरी नेकपा (एमाले) ले पनि विश्वासको मतको पक्षमा उभिनका लागि आफ्ना सांसदलाई ह्रवीप जारी गर्ने तयारी गरेको छ । जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पनि विश्वासको मतको विपक्षमा उभिनका लागि आफ्ना सांसदलाई ह्रवीप जारी गरेको छ ।

मुख्यमन्त्रीले बिहीबार १२ बजेपछि विश्वासको मत लिँदैछन् ।

प्रकाशित : जेष्ठ २६, २०७८ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?