कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रदेश सांसद थापालाई पुनर्बहाली गर्ने सर्वोच्चको आदेशविरुद्ध पुनरावलोकन माग

काठमाडौँ — राष्ट्रिय जनमोर्चाबाट गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश विरुद्ध पुनरावलोकन माग गर्दै निवेदन दर्ता भएका छन् । उक्त फैसलाविरुद्ध तीनवटा पुनरावलोकन निवेदन (भ्याकेट) दर्ता भएका छन् ।

प्रदेश सांसद थापालाई पुनर्बहाली गर्ने सर्वोच्चको आदेशविरुद्ध पुनरावलोकन माग

थापाका विपक्षी राष्ट्रिय जनमोर्चा नेपाल, गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारी र गण्डकी प्रदेश सभा सचिवालय भ्याकेटको निवेदन लिएर सर्वोच्च पुगेको हो ।

सर्वाच्च अदालत स्रोतका अनुसार तीनवटै निवेदन दर्ता भएका छन् । ती निवेदनका लागि बिहीबार पेसी तोकिएको छ ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई पदमुक्त गर्ने निर्णयको कार्यान्यवन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

सांसद थापाले आफूलाई कानूनविपरीत कारबाही गरेको हुँदा पुनः बहाली गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । निवेदनमाथिको प्रारम्भिक सुनुवाइबाट ‘सुविधा र सन्तुलनमा क्षति पर्ने’ अन्तरिम आदेश जारी भएको थियो ।

पार्टीको निर्णयविपरीत नेकपा (एमाले) का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई साथ दिएको भन्दै थापालाई पार्टीले कारबाही गरी प्रदेशसभा सदस्यबाट पदमुक्त गराएको थियो । थापाले गुरुङको विकल्पमा अर्को सरकार बनाउने विपक्षी गठबन्धनमा हस्ताक्षर गर्न अस्वीकार गरेका थापा एमाले र जनमोर्चाको तालमेलका आधारमा बाग्लुङबाट विजयी भएका थिए ।

प्रकाशित : जेष्ठ २६, २०७८ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?