३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जर्मनीद्वारा ६२ भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग 

काठमाडौँ — जर्मनीले नेपाललाई ६२ वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

जर्मनीद्वारा ६२ भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग 

नेपाललाई कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि जर्मनीले युरोपेली युनियनको ‘नागरिक संरक्षण संयन्त्र’ अन्तर्गत २७ हजार एफएफपीटु मास्क, ३० हजार सर्जिकल मास्क, १०० गम्बुट, २०० बढी ब्याग, ५ आइसोलेसन सेन्टर टेन्ट र २५ हजार लिटर कीटाणुनाशक रसायन सहयोग गरेको हो ।


परराष्ट्र मन्त्रालयका अनुसार उक्त सामग्री नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड स्चफेरले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई मंगलबार हस्तान्तरण गरेका थिए ।




प्रकाशित : जेष्ठ २५, २०७८ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?