१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

आवश्यक परे मुख्यमन्त्री भट्टलाई नै विश्वासको मत दिने कांग्रेसको निर्णय

अर्जुन शाह

धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत लिने तयारी गरिरहँदा नेपाली कांग्रेसले भट्ट नेतृत्वकै सरकारलाई साथ दिने निर्णय गरेको छ ।

आवश्यक परे मुख्यमन्त्री भट्टलाई नै विश्वासको मत दिने कांग्रेसको निर्णय

कांग्रेस संसदीय दलको मंगलबार बिहान बसेको बैठकले ‘नो भोट’ को नीति लिने तर मुख्यमन्त्रीलाई मत नपुग्ने अवस्थामा उनको पक्षमा मतदान गर्ने निर्णय लिएको सांसद टेकबहादुर रैकाले बताए । सुदूरपश्चिम प्रदेशसभामा कांग्रेससँग १२ मत छ । कांग्रेसको यो निर्णयपछि मुख्यमन्त्री भट्टलाई विश्वासको मत लिन मतसंख्यामा कमी नहुने अवस्था बनेको छ ।

मुख्यमन्त्रीलाई विश्वासको मत लिन २७ मतको आवश्यक पर्छ । माओवादी केन्द्रका १३ सांसद रहेकामा एमाले संसदीय दलले समेत समर्थन गर्ने निर्णय गरेको छ । अहिले मुख्यमन्त्री भट्टले प्रदेशसभामा सम्बोधन गरिरहेका छन् ।

प्रकाशित : जेष्ठ २५, २०७८ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?