कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज नहुने

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासमा सोमबार प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ नहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजको पेसी सूचीमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा तोकेका छैनन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज नहुने

सोमबारका लागि हेर्दाहेर्दैमा राखिएका निवेदन स्थगित पेसी सूचीमा चढाइएको छ । आइतबारको बहसपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

संवैधानिक इजलासको आइतबारको सुनुवाइमा इजलासमा रहेका न्यायाधीश रहन हुने कि नहुने भन्ने विषयमा बहस केन्द्रित थियो । बहसमा महान्यायाधिवक्ता रमेश बडाल, सरकारी वकिल र प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट आएका कानुन व्यवसायीले न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास छोड्नुपर्ने बताएका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध रिट लिएर सर्वोच्च गएका शेरबहादुर देउवासहित १ सय ४६ सांसद पक्षका कानुन व्यवसायीले भने वरिष्ठताका आधारमा इजलास गठन गरिएकाले अब इजलासबारे नभई निवेदनमाथि बहस हुनुपर्ने माग गरेका थिए ।

संवैधानिक इजलासमा न्यायाधीश रहने र नरहनेबारे दिनभर बहस भए पनि आदेश भने आएन ।


प्रकाशित : जेष्ठ २४, २०७८ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?