पीसीआर रिपोर्टमा फोटो नचाहिने

‘विरोध आएपछि दोहा र दिल्लीको उडानलाई सहजीकरण गरियो’

काठमाडौँ — हवाई उडान खुला गरिएका मुलुकबाट नेपाल आउन यात्रुले अनिवार्य रूपमा ‘बारकोड तथा फोटोसहितको पीसीआर रिपोर्ट (नेगेटिभ)’ ल्याउनुपर्ने भन्दै अनौठो मापदण्ड राखिएपछि सुरु भएको चर्को विरोधका कारण सरकारले तत्काल यो निर्णय फिर्ता लिएको छ ।

पीसीआर रिपोर्टमा फोटो नचाहिने

विशेषत: दोहा तथा दिल्लीबाट यसै साता सुरु हुन लागेको काठमाडौंको साप्ताहिक नियमित उडानमा नेपाल आउन यात्रुले ‘फोटोसहितको पीसीआर रिपोर्ट अनिवार्य’ भनिएपछि र कतार, भारतसहितका मुलुकमा पीसीआर रिपोर्टमा फोटो नराखिने भएपछि ती देशका उडान रोकिने स्थिति आएको थियो ।

नागरिक उड्डयन प्राधिकरणको उडान अनुमति शाखाले शनिबार जारी गरेको आन्तरिक परिपत्रमा ‘यात्रुको पीसीआर रिपोर्टमा बारकोड वा फोटो जे भए पनि स्वीकार्य हुने’ सूचना दिइएको छ । शाखाका प्रबन्धक हिराजन काफ्लेले ‘फोटोसहितको पीसीआर रिपोर्ट सबै अवस्थामा र सबै मुलुकबाट उपलब्ध नहुने हुनाले यो कठिनाइ हटाउन यात्रामा सहजीकरण गरिएको’ कान्तिपुरलाई बताए । उनका अनुसार, आइतबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले पीसीआर रिपोर्टको नयाा प्रबन्धबारेको औपचारिक सूचना सार्वजनिक गर्दै छ ।

सम्बन्धित समाचार

– दोहा र दिल्ली उडान अनिश्‍चित

प्रकाशित : जेष्ठ २३, २०७८ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?