कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

तलेजुबाट चोरिएका तोरन–मूर्ति लिलामीबाट हटाइयो

ददी सापकोटा

पेरिस — नेपालबाट ४० वर्षअघि चोरिएका र यो साता पेरिसको ‘बोनह्याम्ज’ कला बिक्री केन्द्रमा लिलामीमा राखिएका ५ प्रतिकात्मक हिन्दु मूर्तिका बारे समाचार आएपछि ‘बोनह्याम्ज’ले यी सम्पदा लिलामीबाट हटाएको छ ।

तलेजुबाट चोरिएका तोरन–मूर्ति लिलामीबाट हटाइयो

पाटन दरबारको तलेजु मन्दिरको मूल ढोकामाथि तोरनमा रहेका तामामा सुनको जलप लगाइएका प्रतिकात्मक महालक्ष्मी, नृत्यनाथ, चामुण्डा , भैरव र पञ्चमुखी हनुमानका मूर्तिलाई बढीमा ५ हजार युरो प्रति मूर्तिको दरमा लिलामी (अक्सन)मा राखिएको थियो । १० दिनका लागि खुलाइएको सम्पदा बिक्री जेठ २७ सम्म जारी रहने ‘बोनह्याम्ज’को बिक्री अनलाइनले जनाएको थियो ।

चोरिएका सम्पदाको प्रदर्शनी तथा ‘अक्सन’बारे बिहीबार समाचार आएपछि र काठमाडौंस्थित युनेस्को कार्यालय, पेरिसस्थित नेपाली दूतावाससहितले उक्त चोरिएको सम्पदालाई तत्काल ‘लिलामी’बाट हटाउन तथा नियमानुसार उत्पत्तिको मुलुक (कन्ट्री अफ ओरिजिन)मा फिर्ता गर्न पत्र लेखेका थिए । यी सम्पदालाई बिक्री केन्द्रको ‘अक्सन’ बाट हटाएको थियो । पेरिसस्थित राजदूत दीपक अधिकारीले अन्तर्राष्ट्रिय तहको ‘अक्सन सेन्टर’ बोनह्याम्जसँग नेपाली सम्पदाको प्रामाणिकता र यो सम्पदालाई युनेस्को प्रावधानअनुसार तत्काल नेपाल फिर्ता गर्नुपर्ने बारेमा कुराकानी भएको जानकारी दिए ।

यी प्राचीन सम्पदा १२ औं शताब्दीयताको रहेको ऐतिहासिक अभिलेखहरुमा उल्लेख छ । यी सम्पदाबारेमा भारतीय इतिहासविद् बीएन बेनर्जीको ‘आर्कियोलोजिकल सर्भे अफ इन्डिया(आर्किटेक्चर अफ नेपाल), जर्मन अध्येता सिकको ‘गड्स आर लिभिङ द कन्ट्री : आर्ट थेफ्ट फ्रम नेपाल’ आदिमा समेत उल्लेख छ ।

भारतीय अध्येता बेनर्जीको ‘आर्कियोलोजिकल सर्भे अफ इन्डिया’ पुस्तकबाट । तस्बिर सौजन्य : सञ्जय अधिकारी

नेपालको सम्पदालाई ‘बोनह्याम्ज’ले अक्सनबाट हटाएपछि न्युयोर्कस्थित आर्ट–क्राइम प्रोफेसर एरिन एल थोम्सनले यी पुरातात्विक मूल्यका सम्पदा अब उत्पत्तिको मुलुक (नेपाल) फर्काउनका लागि तदारुकता रहनुपर्ने बताइन् । थोम्सन नेपालबाट चोरिएका वा हराएका सम्पदाको घरफिर्ती अभियानमा लागेकी एक अन्तर्राष्ट्रिय अभियन्ता हुन् ।

यो पनि पढ्नुहोस् :

प्रकाशित : जेष्ठ २१, २०७८ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?