३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

‘ढुंगा, गिट्टी, बालुवा निकासी खुलाउने निर्णय फिर्ता गर’

काठमाडौँ — ढुंगा, गिट्टी, बालुवा निकासी खुला गर्ने सरकारको निर्णयप्रति विरोध गर्दै जागरुक नागरिक समाजले निर्णय फिर्ता लिन आग्रह गरेको छ ।

‘ढुंगा, गिट्टी, बालुवा निकासी खुलाउने निर्णय फिर्ता गर’

नागरिक समाजले विगतमा भारतमा गिट्टी, ढुंगा, बालुवाको निकासी बढेसँगै चुरेभावर लगायत नेपालको तराईभागमा पानीको स्रोत सुकेको, अनियन्त्रित बाढीपहिरो आउने गरेको र कृषि उत्पादनमा ह्रास आएको जनाएको छ ।

‘झट्ट हेर्दा सित्तैको खनिज पदार्थ जस्तो देखिए पनि यसअघि नै चुरेभावर क्षेत्रबाट अत्याधिक मात्रामा ढुंगा, गिट्टी र बालुवा भारत निकासी हुँदा चुरेभावर तथा तराई क्षेत्रमा यसको गम्भीर वातावरण, पर्यावरण, कृषि तथा जनजीविकामा प्रभाव परिसकेको छ,’ समाजले विज्ञप्तिमा भनेको छ, ‘मनोमानी ढंगले सरकारले लिएको यस्तो निर्णयमा गलत आशय मात्र होइन्, भ्रष्ट मानसिकता पनि देखिन्छ । त्यसैले यो निर्णय तुरुन्त फिर्ता लिइयोस् ।’

समाजका तर्फबाट प्राध्यापक हेमराज पन्त, जगन्नाथ लामिछाने, प्रेम सापकोटा, आनन्द मिश्र, भोला पासवान, वसन्ती चौधरीलगायत ३८ जना अभियन्ताले विज्ञप्ति जारी गर्दै सरकारलाई निर्णय सच्याउन माग गरेका हुन् ।

प्रकाशित : जेष्ठ २१, २०७८ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?